sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

नेप्से परिसूचक ११.५८ अंकले बढ्याे

६ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयर बजार नप्से परिसुचकमा सामान्य सुधार आएको छ । आइतबार ११.५८ विन्दुले बढेर २५८८.३५ अंकमा पुग्दा  ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ८ वटा समूहको सूचक हरियो बनेको छ । 

यस दिन ३२५ कम्पनीको १ करोड २४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड ८० लाखभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । 

दोस्रो एनएलजी इन्सुरेन्स र तेस्रो स्थानमा नेपाल फाइनान्स परेका छन् । विस्तारै नेप्सेमा प्यानिक सेल कम हुँदै गएको बजारले संकेत गरेको छ । समग्रमा हेर्दा सेयर बजार साइडेज प्रवृत्तिमा देखिन्छ । यसअघि दैनिक करिब ३० अर्ब पुगेको कारोबार रकम अहिले ५ अर्बभन्दा तल आएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्