sevenstartv.com ५ पुष २०८२, शनिवार

'कोप-२९ लाई उपलब्धि हाँसिल गर्नेगरी नेपाल प्रश्तुत हुनेछ'

६ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप २९) मा व्यवस्थित एजेण्डासहित कोपबाट उपलब्धि हाँसिल गर्नेगरी नेपाल प्रश्तुत हुने बताएका छन् । 

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आज कोप २९ बारे जानकारी दिँदै उनले व्यवस्थित एजेण्डासहित नेपाललाई कसरी बढी कोपबाट उपलब्धि हाँसिल गराउन सकिन्छ भन्ने हिसाबले अघि बढ्ने बताएका हुन् । उनले थप अझै गोष्ठी, विचारहरु र आवश्यक सेमिनरहरु गरी सुझाव संकलन गरेर अगाडि बढ्ने र संख्यालाई व्यवस्थित गर्नेकुरामा मन्त्रालयको ध्यान केन्द्रित रहेको बताए । 

उनले प्रभावित क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने र त्यसमा पनि कर्णाली प्रदेशको प्रतिनिधित्व अनिवार्य गराउने कुरा सकारात्मक रहेको भन्दै मन्त्रालयले गम्भीरताका साथ लिने बताएका छन्  । उनले कर्मचारीको संख्या धेरै भएको गुनासो आएकाले कम गर्नेमा आफूहरु लागेको बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्