sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

सुनको भाउमा नयाँ कीर्तिमान  : तोलाको १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार

६ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । सुनको भाउले आज कीर्तिमान बनाएको छ ।

आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको छ । आज सुन एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर कीर्तिमान कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रवार सुनको भाउ एक लाख ५७ हजार एक सय रुपैयाँ रहेको थियो । यसअघि गएको भदौ ३१ गते उच्च भाउ तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।

आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय २० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको एक हजार नौ सय १५ रुपैयाँ रहेको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्