sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

आशा लघुवित्तले शेयर धनीलाई १५ प्रतिशत बोनस दिने

६ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई १५ प्रतिशत बोनस दिने भएको छ । आर्थिक वर्ष २०८०–०८१ को मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो । 

लघुवित्तले आफ्नो चुक्त्ता पुँजीको ९ करोड १४ लाख ३० हजार रुपैयाँ बराबरको १४.२५ प्रतिशत बोनस शेयर र ४८ लाख १२ हजार रुपैयाँ बराबरको ०.७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृतिसँगै आगामी साधारणसभाले पास गरेपछि वितरण हुनेछ । कम्पनीको हाल चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँ बराबरको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्