sevenstartv.com १६ असार २०८३, मङ्गलवार

आज तीन संसदीय समितिको बैठक बस्दै

६ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज तीन संसदीय समितिको बैठक बस्दै छ ।

बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ ।

सोही समयमा सुरु हुने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन कोप २८ को कार्यप्रगतीबारे छलफल हुनेछ ।

त्यसैगरी बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । 

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्