sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सदन अवरोधलाई जारी राख्ने प्रचण्डको उद्घोष

५ असोज २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरित, विस्तृत शान्ति सम्झौता विपरित सदन अवरोधको स्थितिमा रहेको बताएका हुन् ।

उनले सदनबाट जबरजस्त आक्रमण गर्ने चेतावनी दिए । उनले प्रतिनिधि सभामा संख्यामा कमजोर भएपनि विरासत, मुद्दा, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा आफूहरुको बारेमा गरिएको व्यवस्थाका कारण पनि कमजोर नरहेको बताए । उनले कमजोर छौँ भनेर हिन भावना लिनु सही नहुने बताए ।

अध्यक्ष दाहालले संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चालाजीहरु आफूहरुले असफल बनाएको बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्