sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

ललितपुरको जाउलाखेलमा कार्तिक ८ गतेदेखि फूल मेला आयोजना हुने

४ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । ललितपुरको जाउलाखेल मैदानमा कार्तिक ८ देखि ११ गतेसम्म फूल मेला लाग्ने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको हो ।

मेलामा स्टल राख्न बुकिङका लागि असोज ६ गतेदेखि कार्तिक ७ गतेसम्म खुल्ला गरिने छ ।  फ्यान सदस्यहरूको लागि प्रति स्टल शुल्क २० हजार कायम गरिएको छ । गैर सदस्यहरूको लागि प्रति स्टल शुल्क  ३० हजार रहेको बताइएको छ । सो मेलामा विभिन्न प्रकारका फूल तथा फूलका सामाग्रीहरू प्रदर्शन तथा बिक्री गरिने छ ।

विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गराइने बताइएको छ ।  गोदावरी फूलको कट फ्लावर विधातर्फ समेत प्रतियोगिता गराइने छ । गोदावरी फूलको कट फ्लावर विधातर्फ गुणस्तरीय प्रतिस्पर्धाको आधारमा उत्कृष्ट हुने फार्मलाई पुरस्कृत गरिने जनाइएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्