'अहिले लगानी गर्ने सही समय हो'
काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय भएको दाबी गरेका छन् ।
आज ललितपुर उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले इमान्दार हिसाबले काम गर्ने हो भने नेपालमा धेरै सम्भावना रहेको उल्लेख गरेका हुन् ।
उनले भने, ‘इमान्दार हिसाबले काम गर्ने हो भने काम गर्न सकिने रहेछ । अहिले पयर्टकको आगमन बढेको छ । रेमिट्यान्सको फ्लो बढेको छ । विदेशी मुद्रा रिजर्भ पनि त्यत्तिकै छ । बैंकमा लिक्वीडिटी पनि त्यत्तिकै छ । बैंकको ब्याजदर पनि घटिसकेको छ । अहिलेको अवस्था भनेको नेपालका हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो ।’
उनले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउनसके, स्वतःफुर्तः काम गर्नसके मात्रै रोजगारी सिर्जना, राजस्व वृद्धि हुने बताएका छन् ।

.gif)