चार समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत चार समितिको बैठक बस्ने भएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंहदरबारमा बिहान ११ बजे बस्नेछ। बैठकमा आज विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे नै बस्नेछ। बैठकमा राष्ट्रिय निकुञ्जको अवलोकनसम्बन्धी विषयमा छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा कार्यपरामर्श उपसमिति पुनर्गठन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको (संयुक्त) बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गर्ने कार्यसूची छ ।






