sevenstartv.com ५ पुष २०८२, शनिवार

इरानलाई पराजित गर्दै नेपाल काभा भलिबलको फाइनलमा

२२ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडाैं । नेपाल घरेलु मैदानमा जारी काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा पुगेको छ ।मंगलबार भएको सेमिफाइनलमा नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

नेपालले खेल २५-२१, २८-२६ र २५-२० ले जित्यो । नेपालले उपाधिका लागि भारतसँग खेल्ने छ । भारतले मंगलबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराएको थियो ।  

नेपाल र भारत यसअघि लिग चरणमा पनि भिडेका थिए जुन खेल घरेलु टोलीले जितेको थियो । अन्तर्राष्ट्रिय महिला भलिबलमा भारतमाथी नेपालले पहिलोपटक जित हात पारेको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्