आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकलेबुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमय दरको भाउ तोक्दै विदेशी मुद्राको बिक्री र खरिद मूल्य तय गरेको हो ।
अमेरिकी डलरको खरिद दर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा रहेको छ । युरो एकको खरिद दर एक सय ४८ रुपैया ८८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ५५ पैसा रहेको छ ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ७७ पैसा र बिक्री दर १७७ रुपैयाँ ५७ पैसा रहेको छ । कतारी रियालको मूल्य खरिद दर ३६ रुपैँया ६८ पैसा र बिक्रीदर ३६ रुपैँया ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

.gif)