sevenstartv.com ५ पुष २०८२, शनिवार

शीर्ष स्थानको एपिएफसँग संकटा ३-० ले स्तब्ध

१ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । शीर्ष स्थानको विभागीय टोली एपिएफ क्लबले एन्फा महिला लिगमा विजयी यात्रा कायमै राखेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपिएफले संकटा फुटबल क्लबलाई ३-० ले हराएको हो । जितसँगै एपिएफले ६ खेलबाट १६ अंक जोडेको छ ।

समान खेलबाट पाँच अंक जोडेको संकटा सातौं स्थानमा छ । एपिएफको पाँचौं जितमा सरु लिम्बू, अनिता केसी र साविता रानामगरले गोल गरिन् ।

सरुको गोलमा एपिएफले पहिलो हाफमै अग्रता लिएको थियो । उनले खेलको १३ औं मिनेटमा गोल गरेकी हुन् ।

अनिताले ५० र सविताले ६४ औं मिनेटमा गोल गर्दै एपिएफलाई तीन अंक दिलाएकी हुन् ।  

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्