sevenstartv.com १६ असार २०८३, मङ्गलवार

नेपालको शिर ढल्नेगरी र इज्जत तल झर्नेगरी कुनै काम गर्दिन : प्रधानमन्त्री ओली

३१ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर ढल्नेगरी र इज्जत तल झर्नेगरी कुनै काम नगर्ने बताएका छन् । 

आज प्रतिनिधिसभाको बैठकमा संयुक्त राष्ट्र संघको महासभा बैठक र त्यहाँ हुने छलफलबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा आफूले नेपालको इज्जत तल झर्ने र नेपालको शिर निहुरिने कुनैपनि काम नगर्ने बताएका हुन् । 

‘म नेपालको शिर ढल्नेगरी,नेपालको इज्जत तल पर्नेगरी, नेपालको कुनैपनि हिसाबले प्रभाव, प्रतिष्ठा, सरोकार तल नपर्नेगरी काम गर्दिन’, प्रधानमन्त्रीको भनाइ छ । उनले आफूहरूले गर्ने राजनीति देश र जनताका लागि भएको भन्दै भोलिका लागि केही नगर्ने हो भने धर्ती बाँझो हुने बताए ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्