गढीमाई मेलाको उचित व्यवस्थापन गर्न सांसद् श्रेष्ठकाे माग
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद् कृष्णकुमार (किसान) श्रेष्ठले यस वर्ष हुने बाराको गढीमाई मेलामा सबै सांसद्लाई निम्ता दिएका छन् । आज प्रतिनिधिसभाको बैठकमा उनले गढीमाई मेलाको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण समेत गराए हुन् ।
उनले भने, ‘उक्त मेलामा तीनवटै तहका सरकार र सांसदहरूलाई उक्त मेलामा सहभागी हुन चुलै निम्तो दिन चाहन्छु ।'
श्रेष्ठले जबजब गढीमाई मेलाको समय हुन्छ तब विदेशीको इशारामा हिन्दु धर्ममाथि प्रहार गर्नेहरू सलबलाउन थालेको र बलीको विरोध हुने गरेको भन्दै त्यस्तो गर्नेहरूलाई छुट नदिन सरकारसँग माग गरे । उनले अथाह पर्यटकीय सम्भावना बोकेको भन्दै पर्यटनका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।






