sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राष्ट्रिय सभाको बैठक बस्दै

३१ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभामा भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभामा भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ । 

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८४ को उपनियम ९३० बमोजिम माननीय सदस्यबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची पनि तय भएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्