sevenstartv.com १६ असार २०८३, मङ्गलवार

एमालेको वार्षिक कार्ययोजना पास, कात्तिकभित्र जिल्ला अधिवेशन सक्ने तयारी

२८ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेले जिल्ला कमिटीहरुको अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्ने तयारी गरेको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले वार्षिक कार्ययोजना पास गरेको हो । जसमा जिल्ला कमिटीको अधिवेशनहरु कात्तिकभित्र गरिसक्ने उल्लेख गरिएको छ । महासचिव शंकर पोखरेलका अनुसार सबै तहको अधिवेशन मंसिरभित्र गरिसक्ने कार्ययोजना छ ।

पार्टीमा आएका नेताहरुलाई ३ महिनाभित्र जिम्मेवारी दिने, हरेक सदस्यले वर्षमा एक पटक पार्टी स्कुलमा सहभागी हुनुपर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

२०८४ को चुनावमा बहुमतसहित राष्ट्रिय शक्ति बन्ने लक्ष्य दिएको एमालेले ४० वर्ष मुनिका युवाहरुकको युथ समिट गर्ने निर्णय समेत गरेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्