सरकारले ओलम्पिक पदक विजेता पलेशालाई ६५ लाख पुरस्कार दिँदै
काठमाडौं । सरकारले पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई आज ६५ लाख पुरस्कार दिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कार आज एक कार्यक्रममाबीच उनलाई हस्तान्तरण गर्ने भएका छन् । आज बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पलेशासहित प्रशिक्षलाई पनि उक्त पुरस्कार हस्तान्तरण गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भदौ १४ गते सम्पन्न के-४४ वर्ग अन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । पारा ओलम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

.gif)