sevenstartv.com १६ असार २०८३, मङ्गलवार

एमालेको सचिवालय बैठक बस्दै

२८ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको  केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ । बैठकमा वार्षिक कार्ययोजना र तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माण मुख्य एजेन्डामा केन्द्रित रहेर बैठकमा छलफल हुनेछ । 

नेम्वाङको स्मृतिमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष केपी ओलीले उनको स्मृतिमा केन्द्रीय सचिवालय बैठकबाट प्रतिष्ठान निर्माणको निर्णय गर्ने जानकारी गराएका थिए । सचिवालयबाट वार्षिक कार्ययोजना पारित गरी मिसन ०८४ लक्षित संगठन निर्माण र विस्तार, शुद्धीकरण र सुदृढीकरणलगायत अभियान चलाउने एमालेको तयारी छ । 

१९ भदौमा सम्पन्न पोलिटब्युरो बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल भएको थियो। बैठकले सुझावसहित पारित गर्ने जिम्मेवारी सचिवालयलाई दिएको थियो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्