sevenstartv.com १६ असार २०८३, मङ्गलवार

धरहरा असोज ३ गतेदेखि खुलाउने

२८ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सरकारले सुन्धाराको धरहरा असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

 बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गतेदेखि अस्थायी रूपमा धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । २०७२ को भूकम्पले भत्किएपछि यहाँ नयाँ धरहरा निर्माण गरिएको हो । पुरानो धरहराको भग्नावशेष संरक्षण गरेर राखिएको छ । 

मन्त्रिपरिषद्‍ बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा  सुशील ज्ञवालीलाई नियुक्त गरेको पनि बताइएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्