sevenstartv.com १६ असार २०८३, मङ्गलवार

तीन संसदीय समितिको बैठक बस्दै

२७ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । संघीय संसदअन्तर्गत तीनवटा समितिको बैठक आज बस्ने भएको छ । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे नै बस्ने छ । बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल हुनेछ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्