sevenstartv.com ५ पुष २०८२, शनिवार

एन्फा महिला लिगमा कोशीको अपराजित यात्रामा ब्रेक, पुलिस शीर्ष स्थानमा

२६ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । अपराजित कोशी प्रदेशको यात्रामा ब्रेक लगाउँदै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिसले कोशीलाई ४-० गोल अन्तरले पराजित गरेको हो । जितसँगै शीर्ष स्थानमा उक्लिएको पुलिसले चार खेलबाट १० अंक जोडेको छ ।

पहिलो हार बेहोरेको कोशी दोस्रो स्थानमा धकेलिएको छ । कोशीले पहिलोपटक विभागीय टोलीसँग प्रतिस्पर्धा गरेको हो ।

सुरुवातका तीन खेलमा जित हासिल गरेको कोशीको विजयी यात्रामा पुलिस बाधक बनेको हो । कोशी प्रदेशको समान खेलबाट ९ अंक छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्