कांग्रेस सांसद् परियारले मागिन् उपसभामुख रानाको राजीनामा
काठमाडौं । नेपाली कांग्रेसकी सांसद् शान्ति परियारले उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गरेकी छन् ।
आज प्रतिनिधिसभाको बैठकमा सांसद् परियारले पत्रमा हस्ताक्षर गर्न हुने नहुने उपसभामुख जस्तो व्यक्तिले बुझ्नुपर्ने बताइन्एकी हुन् । उनले पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्न माग गरिन् ।
‘पत्र लेख्नु कति जायज थियो उहाँले बुझ्नु पर्ने थियो । उपसभामुख पद देशको प्रतिष्ठा जोडिएको छ । उपसभामुख पद देशको अभिभावक हो ‚’ उनले भनिन्‚‘यसमा विवाद आउँदा यस्तो गरिमामय पदमा आउँदाखेरी मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ । प्रतिष्ठासँग जोडिएको हुँदा गम्भीर भएर मार्ग प्रशस्त गर्न अनुरोध छ ।’






