sevenstartv.com १६ असार २०८३, मङ्गलवार

'प्रधानमन्त्रीलाई गलत बाटो नरोज्न अनुरोध गरे'

२६ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापा का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुख इन्दिरा राना मगरको विषयमा छलफल गरेको जानकारी दिएका छन् । 

आज बसेको सचिवालय बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफूले प्रधानमन्त्रीलाई भेटेर गलत बाटो नरोज्न अनुरोध गरेको बताएका हुन् । 


‘प्रमसँग मैले गलत गर्दै हुनुहुन्छ भनेर भेटेर भनेको हो । जे सोँचेको छ त्यो सत्य हो भने घातक हुन्छ भनेर मैले भनेर आएको हो‚’ उनले भने । जवाफमा ओलीले आफू नेपाली कांग्रेस सहितका दलसँग छलफलमा रहेको प्रतिक्रिया दिएको जानकारी दिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्