sevenstartv.com ७ कार्तिक २०८३, शनिवार

सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित २६ जनासँग बयान लिइने

सरकारीमा भएको छानबिनका लागि बनेको संसदीय विशेष समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २६ जनासँग बयान लिने भएको छ ।

२२ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सरकारीमा भएको छानबिनका लागि बनेको संसदीय विशेष समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २६ जनासँग बयान लिने भएको छ । 

समिति सभापति सूर्य थापाले रास्वपा पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका सभापति लामिछानेको पनि बयान लिइने बताए । मंगलबार समितिको कार्यप्रगति सुनाउँदै थापाले भने, ‘सोधपुछका क्रममा सोध्ने प्रश्न तयार पारिएको छ ।’

सोधपुछ गर्ने सूचीमा रहेका सबै नेपालमा भने छैनन । ती अरु को को हुन भन्ने पनि खुलाइएको छैन । 

सहकारी ठगी प्रकरणमा तत्कालीन गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि उक्त समिति गठन भएको थियो ।

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्