sevenstartv.com १६ असार २०८३, मङ्गलवार

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

२६ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान साढे ८ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने भएको हो । 

बैठकमा उपसभापति धनराज गुरूङमाथि सहकारी बचत सम्बन्धमा उठेको प्रश्नबारे सामूहिक धारणा बनाउन तथा उपसभामुख इन्दिरा रानालाई हटाउने बारेका एजेन्डा रहेका छन् । 

उपसभामुख रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा उनलाई हटाउने तयारी भइरहेको अवस्थामा सोही विषयमा छलफलका लागि देउवाले बैठक बोलाएको बताइएको छ। 

सत्तारुढ दलको बैठकले उपसभामुख रानालाई हटाउनेबारे निर्णय गरिसकेको छ। सभापति देउवाले यसबारे पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको धारणा बुझ्न खोजेको बताइएको छ। 

राजीनामा दिन उपसभामुख रानालाई प्रतिनिधि सभामा पनि दवाब बढ्दै गएको छ।  रानाले पदीय मर्यादा र गरिमा जोगाउन नसकेको सत्तारुढ दलका नेताहरुको आरोप छ। 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्