sevenstartv.com ५ पुष २०८२, शनिवार

एन्फा महिला लिगमा सुदूरपश्चिमको लज्जास्पद हार, आर्मीले गर्‍यो १४ गोल

२५ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा शानदार जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध शानदार जित निकालेको हो । आर्मीले सुदूरपश्चिम विरुद्ध १४-१ को फराकिलो जित निकालेको हो ।

जारी प्रतियोगितामा एकै खेलमा भएको यो सर्वाधिक गोल हो । यसअघि अर्को विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिम माथि नै ९ गोल गरेको थियो ।

आर्मीका लागि दिपा शाहीले पाँच गोल गरिन । यस्तै अनिता लम्जेलले दुई, विमला चौधरी, हिमा चौधरी, चन्दा भण्डारी, सन्जु कुमाल, विमला विक, सावित्री देवी मगरले एक-एक गोल गरिन ।

आर्मीले १ गोल आत्मघाती पायो । यस्तै सुदूरपश्चिमले पनि १ गोल आत्मघाती पाएको हो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्