आवासीय चिकित्सकहरूमाथि गरिरहेको श्रम शोषण अन्त्य गर्नुपर्छ : सांसद् कार्की
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् तोसिमा कार्कीले निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकहरूमाथि गरिरहेको श्रम शोषण अन्त्य गर्नुपर्ने बताएकी छन् ।
आज प्रतिनिधिसभाको बैठकमा उनले निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकहरूमाथि श्रम शोषण र अत्याचार गरिरहेका बताएकी हुन् । उनले ७२ घण्टासम्म निरन्तर श्रममा लगाउनेसम्मको अवस्था रहेको भन्दै श्रम शोषण अन्त्य गर्न आग्रह गरिन् ।
उनले सरकारी मेडिकल कलेजहरूले भर्ना शुल्क २२ लाख रुपैयाँ मात्र लिए पनि निजी मेडिकल कलेजहरूले भने त्योभन्दा बढी शुल्क लिइरहेका भन्दै आफूहरूले त्यसरी माफियाकरण हुन नदिने चेतावनी दिइन् । उनले भर्ना शुल्क २२ लाख रुपैयाँबाट क्रमशः घटाउँदै निःशुल्क बनाउन माग गरिन् ।






