sevenstartv.com १६ असार २०८३, मङ्गलवार

'सर्वोच्चको फैसलाले काठमाडौंबासी अन्यायमा परेका छन्'

२५ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेस की सांसद् सपना राजभण्डारीले सर्वोच्च अदालतको फैसलाले काठमाडौंबासी अन्यायमा परेको बताएकी छन् । 

आज प्रतिनिधिसभाको बैठकमा उनले जनतालाई उठीबास बनाएर खेल्न पल्केकाहरू सित सावधान हुँदै सबै तहका सरकार सरोकारवाला पक्ष बसेर यो समस्या समाधान गर्नुपर्ने धारणा राखेकी हुन् । 

उनले भनिन्, ‘अहिले काठमाडौं उपत्यकाका नदी र खोला किनार क्षेत्रमा बसोबास गर्ने स्थानीयबासी आन्दोलित भएका छन् । सरकारले २०६५ सालमै नदी तथा खोला किनारदेखि निर्माणको लागि २० मिटरको मापदण्ड तोकेकोमा अहिले त्यसैले तीनै तहका सरकार र सरोकारवाला पक्षले अदालत समक्ष यो फैसला कार्यान्वयन गर्दा स्थानीय जनतालाई अन्याय भई राज्यको सम्पत्तिको समेत क्षति हुने हुनाले पुनरावलोकनमा जानुको विकल्प छैन ।'

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्