'उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन'
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा उनले आजका सहजताका लागि काम गरे भोलि समस्या हुने चेतावनी दिएका हुन् ।
उनले राजनीतिक दलबिच सल्लाह गरेर लोकतन्त्र मारिने काम हुँदै गएको भन्दै उनले कुनै परिषद्मा बहुमत नपुग्ने नाममा उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य नहुने बताए ।
‘एक वर्ष वा दुई वर्ष तपाईंले जित्नुहोला स्मरण रहोस् तपाइहरू आफैले खनेको खाल्डोमा तपाइहरू पर्नुहुनेछ स्मरण रहोस्‚’उनले भने‚‘के नेपाली लोकतन्त्र यति कमजोर हो । लोकतन्त्रको हुर्मत लिने हो ?’






