sevenstartv.com १६ असार २०८३, मङ्गलवार

आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्छु : शशांक कोईराला

२४ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोईरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताएका छन् । 

सोमबार काठमाडौंमा विश्वेश्वरप्रसाद कोईरालाको १११ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमा उनले यस पटक पार्टी सभापतिमा उठ्ने भन्दै भविष्यमा निर्धारण हुने पनि बताएका हुन् । उनले विपीको छोरो हुने बित्तिकै आफूलाई हरेक कुरामा सबैभन्दा अगाडि सार्ने काम गरेको पनि बताए । 

उनले आफूले सहजै निर्वाचन जित्ने गरेको र अहिलेसम्म पाँच पटक जितिसकेको बताउए । उनले ठूलो मान्छे नभइ असल मान्छे हुनुपर्नेमा विपीले जोड दिनुभएको स्मरण गर्दै असल मान्छे हुन पनि कठिन रहेको बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्