पाँचथरमा बेवारिसे बम विस्फोटको जिम्मा कसले लिन्छ : मुख्य सचेतक बर्तौला
काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पाँचथरमा बेवारिसे बम विस्फोट र २ जनाको ज्यान गएको बारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताएका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा उनले गृहमन्त्री रमेश लेखकले सदनमा उपस्थित भएर घटनाबारे जानकारी गराउनुपर्ने बताएका हुन् ।
उनले भने‚‘ केही समय अघि पाँचथरमा बेवारिसे बम फेला भएको र उक्त बम विस्फोट हुँदा २ जनाको ज्यान गएको छ । यतिका दिनसम्म यस घटनाका दोषी को हो ? यसबारे सरकारले सदनलाई जानकारी गराउनुपर्छ । विशेष गरेर गृहमन्त्रीले जानकारी गराउनुपर्छ ।’






