पृथ्वीराजमार्ग खुल्यो
काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । राजमार्ग अन्तर्गत इच्छाकामना-३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।
सडक विभागले पहिरो पन्छ्याएपछि रातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको बताइएको छ । सडक सञ्चालनमा आएपछि रोकिएका सवारी साधन गन्तव्यमा लागेका छन् ।

.gif)