sevenstartv.com २१ मंसिर २०८२, आइतवार

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ

१२ भदौ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादीलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको छ।
सुर्खेत भेरीगङ्गा नगरपालिका-२ सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई पक्राउ गरेर स्वदेश ल्याइएको हो ।

कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा निजलाई पक्राउ गरेर बुधबार स्वदेश ल्याइएको प्रहरीले जनाएको छ । निजलाई कसुरबमोजिम कानूनी कारबाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्