sevenstartv.com २१ मंसिर २०८२, आइतवार

कैलालीमा १७ वर्षीया किशोरीको चक्कु प्रहार गरी हत्या

१७ साउन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक सेकुवा कर्नरमा कार्यरत १७ वर्षीया किशोरीको चक्कु प्रहार गरी हत्या भएको छ । बर्दगोरिया गाउँपालिका–१ स्थित ’राजधानी सेकुवा एण्ड मस्म सेन्टर’मा कार्यरत सोही गाउँपालिका–३ की याचना सेजवालको हत्या भएको हो ।

प्रहरीका अनुसार, शनिबार बिहान करिब १० बजेतिर सेजवालमाथि सोही सेकुवा सेन्टरमा काम गर्ने बर्दगोरिया-१ का ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि तत्काल धनगढीको निसर्ग हस्पिटलमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । 

उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा लगिने तयारी भइरहेको छ। प्रहरीले चक्कु प्रहार गर्ने साउदलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा दुवैजना सोही होटलमा काम गर्ने गरेको खुलेको छ। हत्याको कारणबारे भने अझै खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्