sevenstartv.com २१ मंसिर २०८२, आइतवार

'जलवायु परिवर्तनको असरले सबैभन्दा धेरै श्रमिक क्षेत्र प्रभावित भएको छ'

१८ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । जलवायु परिवर्तनको असरले सबैभन्दा धेरै श्रमिक क्षेत्र प्रभावित भएको ट्रेड युनियनका नेताहरुले बताएका छन् ।

उनीहरुले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर श्रमीक क्षेत्रमा पुगेको भन्दै खबरदारी बढाउनुपर्ने सुझाव दिएका हुन् ।

श्रमिक दिवसका अवसरमा आयोजित कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिम्खडाले श्रमिकको हकहितका लागि ट्रेड युनियनहरुको खबरदारी नपुगेको बताए । 

उनले कतिपय ठूला उद्योगी व्यवसायीहरुले सतप्रतिशत आउटसोर्स श्रमिक काममा लगाउँदा कार्यस्थलहरु ‘एम्बुस’ बन्दै गएको आरोप लगाएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्