sevenstartv.com २२ मंसिर २०८२, सोमवार

बसाईंसराइले याक र चौंरी पालन घट्दै गएको कृषिमन्त्री अधिकारीको भनाई

याकप्रति आकर्षण बढाउन सरकार विशेष योजना ल्याउने कृषि सचिव मिश्रको तर्क

७ वैशाख २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिमाली क्षेत्रमा याक र चौंरी पालन संरक्षण र प्रवद्र्धनमा संगठित प्रयास गर्नुपर्ने बताएका छन् ।
 
याक दिवसको अवसरमा ललतिपुरमा आयोजित कार्यक्रममा उनले पछिलो समय जलवायु परिवर्तन तथा युवापुस्ताको बसाईंसराई जस्ता कारणले याक र चौंरी पालन घट्दो अवस्थामा रहेको बताउनु भयो । उहाँले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको आर्थिक आयआर्जनको प्रमुख स्रोत चौंरी पालन भएको बताएका हुन्  । 

चौरीको दूधबाट बन्ने छुर्पी, छेनालगायतका वस्तु हिमाली क्षेत्रका समुदायको खानपानको मेरुदण्ड भएको उहाँको भनाइ छ । याक र चौरी पर्यटन प्रवद्र्धनको समेत आकर्षण केन्द्र भएको बताए । 

उनले याकको छाला र पुच्छरबाट निर्माण हुने वस्तुहरु विदेशमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताएका छन् । मन्त्री अधिकारीले चौंरी पालनले हिमाली समुदायको आयआर्जन, खाद्य पोषण सुरक्षा, प्राङ्गारिक खेती, वातावरण सन्तुलन लगायतमा महत्वपूर्ण योगदान गरेको बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्