श्रम शक्तिको व्यवस्थापन गर्न नसक्दा मुलुक वैदेशिक रोजगारीको चपेटामा परेको श्रममन्त्री भण्डारीको तर्क
बाध्यात्मक रुपमा वैदेशिक रोजगारमा जाँदा युवामा विकृति आएको भनाइ
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा श्रम बजारको व्यवस्थापन गर्न नसक्दा युवा जनशक्ति वैदेशिक श्रम बजारको चपेटामा परेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले बाध्यात्मक रुपमा वैदेशिक रोजगारमा जानुपर्दा युवामा विकृतिसमेत आएको बताएका हुन् । उनले आगामी दश वर्षभित्र मुलुकमै रोजगारीको सुनिश्चित गर्न उद्यमशीलता र उत्पादकत्व वृद्धि गरी श्रम बजारको व्यवस्थापनको सुरुवात भएको बताएका छन् ।
नेपाली युवामा देखिएका अधिकांश निराशा रोजगारसँग सम्बन्धित रहेको भन्दै उनले सरकारले रोजगारीको सिर्जना र श्रम शक्तिको उचित मूल्यांकन गरी निराशा चिर्ने दाबी गरे ।

.gif)