sevenstartv.com २२ मंसिर २०८२, सोमवार

यान्त्रीकरणको माध्यमबाट मात्रै कृषिको विकास सम्भव रहेको कृषिमन्त्री अधिकारीको तर्क

२ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । कृषि, तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रलाई यान्त्रीकरणको माध्यमबाट आत्मनिर्भर बनाउन सकिने बताएका छन् । शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोको उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषिमा आत्मनिर्भर बन्न यान्त्रीकरणको जरुरी रहेको बताएका हुन् । 

उनले एक्स्पोले कृषि क्षेत्रको विकास गर्न महत्वपूर्ण जानकारी दिने विश्वास राखेको बताए । उनले यान्त्रीकरणको माध्यमबाट मात्रै कृषिको विकास हुनेकुरा सबैले स्वीकार्नुपर्ने बताएका छन् । उनले सामान्य भन्दा सामान्य उत्पादनका लागि पनि यान्त्रीकरणकै माध्यमबाट अगाडि जानसके आत्मनिर्भरताका लागि मात्रै नभइ व्यवसायिक खेतीका लागि र नेपालीहरु बचाउनका लागि नेपालीहरुको भान्सामा पुग्न सकिने बताए । 

उनले प्रविधिलाई जोड दिँदै नेपालीहरु आफ्नै खुट्टामा उभिनसक्ने वातावरण तयार गर्ने सरकारको उद्देश्य रहेको बताएका छन्  । मन्त्री अधिकारीले एक्स्पोले कृषि मन्त्रालयलाई ठूलो टेवा पुग्ने र यस किसिमको प्रदर्शनीहरु ग्रामिण क्षेत्रमा पनि गर्न जरुरी रहेको बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्