sevenstartv.com २१ मंसिर २०८२, आइतवार

बुद्धि तामाङ र रेखा लिम्बुको म्युजिकल फिल्म 'चेली' सार्वजनिक (भिडियो)

२८ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म 'चेली' सार्वजनिक भएको छ । स्माइल दासको स्वर र संगीतमा रहेको गीतमा ओम केरुङ र नेत्र लोज़ा गुरुङको शब्द रचना रहेको छ ।

नेत्र लोजा गुरुङको मुटुरोगबाट ग्रस्त आफ्नो बहिनी (चेली) लाइ गरिबीको कारण समयमै  उपचार गर्न नसक्दा गुमाउदाको सत्य घटनाको पीडालाई  भिडियोमा देखाइएको छ । 

कलाकार बुद्धि तामाङ र रेखा लिम्बुको मुख्य अभिनय रहेको (चेली) मा टिकाराम घले , माया गुरुङ , सुनिता गाहा लगायत करिब १ दर्जन कलाकार हरुको अभिनय रहेको छ ।

सुजाता बस्यालको स्क्रिप्ट तथा निर्देशनमा बनेको भिडियोमा नेत्र लोज़ाको स्टोरी, सुबास शाहको सम्पादन ,रबिन बिकेको रंग संयोजन र विवेक विकेको सिनेमाटोग्राफी रहेकोम छ ।  

म्युजिकल स्टोरी फिल्म 'चेली' लाइ एम सिरिज ग्लोबल(M-Series Global )ले निर्माण गरेको हो यस अघि पनि उक्त कम्पनीले निर्माण गरेका धेरै गीत दर्शकको रोजाइमा परेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्